मकवानपुरगढी गाउँपलिकाको वडा नंम्बर ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । मकवानपुरको ८ गाउँपालिका मध्ये पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने मकवानपुरगढी पहिलो गाउँपालिका हो । गाउँपलिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले औपचारिक रूपमा ४ नम्बर वडालाई १७ असारमा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् ।

अध्यक्ष स्याङतानले ४ नम्बर वडाको सहिद रुद्र स्मृती सामुदायिक स्वास्थ्य ईकाईलाई प्रमाणपत्र प्रदान गरेर पूर्ण संस्थागत सुत्केरी सुनिश्चित भएको वडा घोषणा गरे । घोषणा कार्यक्रममा स्याङतानले अब आगामी वर्षहरुमा पनि अन्य वडाहरुलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेर सिंगोे पालिकलाई नै संस्थागत सुत्केरी हुने पालिकाको रुपमा विकास गर्ने गरी अभियान संचालन भइरहेको जानकारी गराए ।

वडा नम्बर ४ मा गत आर्थिक वर्षमा ४० जना र यो आर्थिक वर्षमा ३५ जनाले संस्थागत सुत्केरी भएको मकवानपुरगढी गाउँपलिका स्वास्थ्य संयोजक धुब्र लामिछानेले जानकारी दिए । पाँच वर्ष अघिदेखि संचालन भएको पूर्ण संस्थागत सुत्केरी वडा घोषणा अभियानले सफलता हासिल गरेको लामिछानेले बताउ । घोषणालाई दगिोपना दिन आफुहरुको सक्रियता निरन्तर रहने संयोजक लामिछानेको प्रतिवद्धता रहेको छ । मकवानपुरगढी गाउँपालिकाले वडा नम्बर १, २, र ३ लाई घोषणाको लागि प्राथमिकतामा राखेर कार्यक्रमहरु संचालन गरिरहेको थियो ।

वडा नम्बर ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाको सभाध्यतामा भएको कार्यक्रममा गाउँपलिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आथिथ्यता रहेको थियो । कार्यक्रममा विशेष अथितिको रुपमा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रीन नेपाली, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख दिपक कुमार तिवारी, मकवानपुरगढी गाउँँपलिका प्रशासकिय अधिकृत शैलद्र भण्डारी रहेका थिए ।

कार्यक्रमको अथितिहरुमा रानी सामुदायिक वनका अध्यक्ष बिष्णु प्रसाद नौपाने, श्रृजनशील समाज बचत तथा ऋण सहकारी सस्थाको अध्यक्ष कृष्ण विडारी, अपाङ तथा विपन्न कृषि सहकारी संस्थाका अध्यक्ष मुस्कान लामा, वडा सदस्यहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयंसेविकाहरु, स्थानीय वडाबासीहरु लगाएतकाको कार्यक्रममा उपस्तिथि रहेको थियो । सो अवसरमा वडा नम्बर ४ का स्वास्थ्य कर्मचारी, स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गरिएको थियो ।

बागमती प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा थाहा नगरपालिका वडा नम्बर ६ को बग्रबाराही स्वास्थ्य चौकीलाई २०७६ साल साउन १७ गते घोषणा गरिएको थियो । यससंगै थाहा नगपलिकको वडा ९ र १० लाई २०८० बैशाख २७, वडा नम्बर २, ३ र ४ नम्बर वडालाई २०८० जेठ २२ र वडा नम्बर ११ र १२ लाई जेठ २८ गते घोषणा नै घोषणा गरि सकिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ९ र ६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भई सकेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी