थाहा नगरपालिकाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैड्ढयाको थाहा अस्पतालमा रुपान्तरण गरी सेवा प्रवाह गरिने भएको छ । अस्पतालमा पोष्टमार्टम सेवा सुचारु पनि नगरपालिकाको नीति छ ।
थाहा नगरपालिकामा स्थापना भएको अक्सिजन प्लान्टलाई संचालन गरी आवश्यक सेवा प्रदान गर्ने, थाहा नगरपालिका क्षेत्रमा संचालित सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुबाट दिइने स्वास्थ्य सेवामा विपन्न नागरिक लाई १० प्रतिशत निःशुल्क आरक्षण कोटा छुट्याउने व्यवस्थालाई अनिवार्य गर्ने नगरपालिकाले नीति लिएको छ । पालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा रहेका प्रयोगशालाहरु न्यूनतम शुल्क लिई संचालनमा ल्याउने उल्लेख छ ।
सबै तहको स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदानको कार्यक्रमलाई निरन्तरता दिइनेछ । आयुर्वेदिक, प्राकृतिक चिकित्सा योग, तथा एक्युपन्चर जस्ता वैकल्पिक चिकित्साका साथै आँखाको प्राथमिक उपचार सेवालाई एकीकृत रुपमा विस्तार गर्ने, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई गुणस्तरीय सर्वसुलभ र पहुँचयोग्य बनाई २ वर्षभित्र थाहानगरलाई घरमा शून्य सुत्केरी पालिका घोषणा गर्ने आफ्नो नीति मार्फत लक्ष्य लिएको छ ।
स्वास्थ्य बिमा कार्यक्रम मार्फत विशेषज्ञ सेवा सुलभ पहुँचको सुनिश्चितता सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका कार्यक्रमलाई प्रोत्साहन सहित निरन्तरता दिने, नसर्ने रोगको समयमा नै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलता एवम जोखिमलाई न्यूनीकरण गर्न समुदायस्तरमा चेतना अभिवृद्धि गर्न स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य परामर्श उपलब्ध गराउने नगरपालिकाको नीति छ ।
यो पनि पढ्नुहोस्

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्