गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको वडानम्बर-३ को धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन निर्माणको काम भइरहेको छ ।
कुल १८ करोडको लागतमा भवन तयार हुन लागेको भवनको अर्जुन बिल्र्डस प्रालिले निर्माण गरेको हो । भवन यही असार मसान्त सम्म निर्माण सक्नुपर्ने मिति रहेको छ । भवनमा लिफ्ट सिस्टमसँगै अत्याधुनिक खालको रहेको छ । अहिले गुल्मीदरबार गाउँपालिकामा हाल ४ वटा वडामा वर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको छ भने २ वडामा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।
गाउँपालिकामा हाल स्वास्थ्य चौकी बाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् । त्यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा पालिकामै १५ शैय्याको अस्पताललाई संचालनमा ल्याउने भएको छ । त्यसको लागि गाउँपालिकाले २०८०/८१ सालको नीति तथा कार्यक्रममा एम.बी.बी. एस. डाक्टरको नियुक्ति गरी विशेषज्ञ सेवा प्रवाह गर्ने भएको छ ।
गाउँपालिकामा एम.बी.बी.एस. डाक्टरसहितको सेवा सञ्चालनमा ल्याउदा यहाँका धेरै नागरिक स्वास्थ्य सेना लिन अनेत्र जानुपर्ने बाध्यताको अन्त्य हुने लक्ष्य गाउँपालिकाले लिएको छ । पालिका पूर्ण पोषणमैत्री गाउँपालिका घोषणा भएको छ । केही दिनअघि पालिकालाई पूर्ण पोषणमैत्री बनाउन पालन गर्नपर्ने सबै सूचक पूरा गरेर पालिका पूर्ण पोषणमैत्री घोषणा गरिएको हो । त्यस्तै गाउँपालिकाले नसर्ने रोग क्यान्सर, सुगर जस्ता विभिन्न रोगबाट बच्न ‘हाम्रो गाउँ स्वास्थ्य बनाउ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नागरिकको खानपान बिभिन्न कारणले नसर्ने रोगका बिरामीहरु बढ्दै जान थालेपछि त्यसको रोकथाम र जनचेतनाको लागि उक्त कार्यक्रकम गरिने स्वास्थ्य शाखा संयोजक अर्यालले बताए ।
दुर्गम गाउँबस्तीमा विशेषज्ञ डक्टरहरु जान र बस्न नमान्ने समस्या रहेको छ । जसले गर्दा स्थानीय तहमा बनाइएका भवनहरू प्रयोगमा आउनेमा शंका छ । जिल्लाका अन्य पालिकामा १५ शैय्याका र जिल्ला सदरमुकाम तम्घासमा पनि ५५ शय्याको अत्याधुनिक भवन निर्माणको काम भइरहेको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्