लघुवित्त कार्यक्रम सञ्चालन गर्ने वित्तिय संस्थाहरुको पीडितहरुले मकवानपुर थाहानगरको गाउँगाउँबाट विरोध शुरु भएको छ । थाहानगरको वडा नम्बर १२ का पीडितहरुले ८ फागुनमा ¥यालीसहित कोणसभा समेत गरेका छन् ।

थाहा नगरपालिका र छिमेकी धादिङको थाक्रे गाउँपालिकाको विभिन्न ठाउँबाट उपस्थित भएका पिडितहरुले संघर्ष समिती नै बनाएर प्रर्दशन गरेका हुन । थाहा नगरपालिकाको १२ नम्बर वडाबाट शुरु भएको ¥याली थाहाको थानाबजार स्थित इलाका प्रहरी कार्यालय पालुङ अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । आर्थिक क्षेत्रमा पिछडीएका महिलाहरुको समुह बनाएर लगानी गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरूले महिलाहरुलाई पीडित बनाएको उनीहरुको दाबी छ । दुर्गम क्षेत्रका महिलाहरुलाई ऋणको भारी थोपारेर लघुवित्त वित्तिय संस्थाहरूले मिटर ब्याजी रूपमा रकम अशुल गरेर घरबार बिहिन बनाएको आरोप छ ।

वित्तिइ संस्थाहरुले ऋण दिएर गरिब विपन्न वर्गलाई ऋण दिएर झन गरिब बनाउने गरेको कोणसभामा बोल्ने वक्ताहरुले बताए । मासिक किस्ता असुली गर्दा सामजिक बदनाम गर्ने, गाली बेईज्जत गर्दै लघुवित्तका कर्मचारीहरुले विभिन्न नाउँमा धम्काउन गरेको सभामा पीडितहरुले उल्लेख गरे । थाहा नगरपालिकाको विभिन्न वडाबाट आएका पीडितहरुको उपस्थिति रहेको कार्यक्रममा लघुवित्त वित्तिय संस्था विरूद्वको संघर्ष समिति बागमती प्रदेश संयोजक क्षेत्र बहादुर मोक्तानको प्रमुख आतिथ्यता तथा संघर्ष समिती थाहा नगरपालिका १२ नम्बर वडा संयोजक सानुमाया थोकरको अध्यक्षतामा भएको थियो ।

कोणसभामा संघर्ष समितिका जिल्ला संयोजक बिष्णु माया बुढाथोकी लगायतले लघुवित्त वित्तिय संस्थाहरूले दुर्गम तथा पिछडिएका समुदायका महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर ऋण लगानी गर्ने र चक्रिय ब्याज सहित अशुल गरेर पीडित बनाएको भन्दै लघुवित्त वित्तिय संस्था खारेजीको माग समेत गरेका छन् ।

पालिका प्रेस
थप जानकारी