मकवानपुर थाहा नगरपालिकाले ३ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा प्रक्रिया अघि बढाएको छ । थाहा नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अति गरिब तथा अति गरिव तथा विपन्न दीर्घरोगीहरुका लागि बीमा गर्ने प्रक्रिया अघि बढाइएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।
कार्यक्रम अनु्सार वडा कार्यालयको सिफारिसका आधारमा प्रत्येक वडाबाट २५/२५ जनाका दरले स्वास्थ्य बीमा गर्ने बलामीले बताए । ‘हामीले वडा कार्यालयहरुलाई स्वास्थ्य बीमाको लागि छनोट गरी पठाउन पत्राचार गरिसकेका छौं, यस वर्षको स्मा प्रक्रिया अघि बढेको छ’– स्वास्थ्य शाखा प्रमुख बलामीले भने ।
थाहा नगरपालिकाले ३ वर्षदेखि वार्षिक ३ सय परिवारका दरले निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए ।
वडामा पठाएको पत्रः


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्