मकवानपुरको मनहरी गाउँपालिकाले पालिका भित्रका आर्थिक अवस्था कमजोर भएका १८ सय ५ परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । पालिकाले गरिबसँग विशेश्वर स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिनियोजित रकमबाट तत्काल आर्थिक अवस्था कमजोर भएका १८ सय ५ परिवारलाई स्वास्थ्य बीमा गर्नेगरि निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखोतीले जानकारी दिए ।
‘चुनावका बेला हामीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने वाचा गरेका थियौं । सोहि प्रतिवद्धता अनुरुप स्वास्थ्य विमा मार्फत विपन्न परिवारलाई स्वास्थय सेवाको पहुँचमा ल्याउँने एउटा सानो प्रयास गरेका छौं । हामीले यहाँ गर्नुपर्ने धेरै छ, सबै कुरा विस्तारै गर्छौं ।’ अध्यक्ष कालाखेतीले भने । चालू आर्थिक वर्षमा २ हजार घर परिवारलाई निःशुल्क स्वास्थ्य बीमा मार्फत स्वास्थ्य सेवाको पहुँचमा ल्याउँने लक्ष्य रहेपनि पहिलो चरणमा १८ सय ५ जनाको मात्रै बीमा गर्ने निर्णय गरको अध्यक्ष कालाखेतीले बताए ।
पालिकाले गरिवसँग विशेश्वर स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा विनियोजित रकमबाट प्रतिपरिवार ३ हजार ५ सयका दरले १८ सय ५ परिवारको जम्मा ६३ लाख १७ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्ने भएको छ । अध्यक्ष कालाखेतीले विनियोजित बजेटबाट अझै १९५ परिवारको स्वास्थ्य बीमा गर्न बाँकी रहेको र छनौट प्रक्रिया सकिएपछि उनीहरुको पनि स्वास्थ्य बीमा गर्ने जानकारी दिए ।
पालिकाको निर्णय अनुसार वडा नं १ बाट १९९, २ बाट २३०, ३ बाट २०४, ४ बाट १२६, ५ बाट २०९, ६ बाट २२०, ७ बाट २१५, ८ बाट २०२ र ९ बाट २०० परिवार स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुने भएका छन् ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्