मकवानपुरको तीन पालिकाको ६ स्थानमा निःशुल्क आँखा शिविर हुने भएको छ । तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङको आयोजानमा शिविर हुने भएको हो ।

सामुदायिक आँखा केन्द्र पालुङको आयोजनामा थाहा नगरपालिका, ईन्द्रसरोवर गाँउपालिका तथा कैलाश गाँउपालिकाका विभिन्न स्थानमा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु छनौट शिविर हुने भएको छ । शिविर यहि फाल्गुण १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने छ । शिविरमा आँखा जाँच तथा मोतियाबिन्दु छनौट हुने नेत्र सहायक बिनी महर्जनले बताइन् ।

तीन पालिकाको ६ स्थानमा हुने शिविरमा निःशुल्क आँखा परीक्षण गराई लाभ लिन तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङकी नेत्र सहायक बिनी महर्जनले अनुरोध गरेकी छिन् शिविरमा आँखा परीक्षण गराउँदा मोतिया बिन्दु पहिचान भएका बिरामीहरुको फाल्गुण १८ र १९ गते तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङमा मोतिया बिन्दुको निःशुल्क अप्रेशन गरिने महर्जनले बताइन् ।

पालिका प्रेस
थप जानकारी