मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ स्थित बजारमा १५ शैयाको अस्पताल निर्माणको काम धमाधम भइरहेको छ । तीन तलाको अस्पताल निर्माण गर्न लागिएको हो । संघीय सरकारको अनुदानमा भीमफेदी गाउँपालिकाले ठेक्का लगाएर अस्पताल निर्माणको काम गरिरहेको छ ।
१२ करोड रुपैयाँ लागतमा अस्पताल निर्माणको काम भइरहेको हो । गाउँपालिकाले गरेको ठेक्कामा रविना नब सिर्जनशिल जेभीले संझौता गरेर काम गरिरहेको छ ।
तीन तलाको भवनमा दुई तला ढलानको काम सकिएको भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमलाल महर्जनले जानकारी दिए । अस्पतालको सुविधा सम्पन्न भवनसंगै क्वाटर पनि निर्माण गरिने उनले बताए ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्