नेकपा एमालेका तर्फबाट मकवानपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रम र कोणसभाहरुमा व्यस्त रहेका छन् । जनतामाझ आफ्ना योजनाहरु सुनाउँदै उम्मेदवारहरु घरदैलो र कोणसभामा व्यस्त भएका हुन् ।

मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौला र क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णुप्रसाद ढकाल मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरी, कुलेखानी, फाखेल लगायतका क्षेत्रमा कोणसभा भएको छ । कार्यक्रममा स्थानीय स्तरमा परेका समस्या समाधान गर्न लाग्ने उम्मेदवारहरुले बताएका छन् । शिक्षा, स्वास्थ्य, सडक, बिजुली लगायतका क्षेत्रमा काम गर्ने उनीहरुले बताएका छन् । यसैगरी मकवानपुर क्षेत्र नम्बर–२ को (ख) का उम्मेदवार लाल बहादुर थापाले आज राक्सिराङ गाउँपालिकाको वडा नम्बर–६ र ७ को पायक पर्नेगरी सिलिङ्गेमा सभा भएको छ ।

यसैगरी एमालेका दुईजना प्रतिनिधीसभाका सदस्यका उम्मेदवार कमल थापा र महेश बर्तौला बिहानदेखि बेलुकासम्म घरदैलो र कोणसभामा व्यस्त रहने गरेका छन् । त्यसैगरी प्रदेशसभाका उम्मेदवारहरु कमल विष्ट, एकालाल श्रेष्ठ, बिष्णुप्रसाद ढकाल र लालबहादुर थापा आफ्ना चुनावी कार्यक्रममा व्यस्त रहेका छन् । एमालेका तर्फबाट क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ को चौघडा बजार, हात्तिलेट, चुच्चेखोला, गौरीटार लगायतका क्षेत्रमा घरदैलो र कोणसभामा व्यस्त रहे । यसैगरी क्षेत्र नम्बर–१ को (क) उम्मेदवार कमल विष्ठ भने आज हेटौंडा–१६ हटिया र बकैयाँ गाउँपालिका वडा नम्बर–७ मा चुनावी कार्यक्रममा व्यस्त थिए ।

पालिका प्रेस
थप जानकारी