मकवानपुर थाहा नगरपालिकाले समयमै योजना सम्पन्न गर्ने वडालाई ‘विकास’ नै पुरस्कार दिने भएको छ । थाहा नगरपालिकाको नवनिर्वाचित जनप्रतिनीधिहरुको पहिलो कार्यपालिका बैठकबाट यस्तो निर्णय भएको हो । पुरस्कारलाई आर्थिक वर्ष २०७९/०८० बाट कार्यान्वयनमा ल्याईने निर्णय छ ।

बैठकले पालिकाले कार्यान्वयनमा ल्याएको योजना कार्यान्वयन तालिका अनुसार नै काम सम्पन्न गर्ने वडालाई १५ लाख रुपियाँको विकास योजना पुरस्कार स्वरुप दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । थाहानगरका निवर्तमान नगर प्रमुख लवशेर विष्टले विशेष परिस्थिती बाहेक फागुन महिनामा योजना सम्पन्न गर्ने वार्षिक योजना कार्यान्वयन तालिका प्रयोगमा ल्याएका थिए । ‘कुनै दिवस, विपद लगायतका विशेष अवस्थाका कार्यक्रम बाहेक फागुनमै योजना सम्पन्न गर्ने कार्ययोजना पालिकाको छ, यसलाई प्रोत्साहन गर्नका लागि पुरस्कारको व्यवस्था गरिएको हो ।–’प्रशासकीय अधिकृत पुरीले भने ।

वडाहरुको योजना कार्यान्वयनको अवस्थालाई थप तिव्रता दिन सूचकहरु नै तय गरेर पुरस्कारको व्यवस्था गरिने नगर प्रमुख विष्णु विष्टले बताए । नगर प्रमुख विष्टले भने–‘योजना समयमै सम्पन्न र गुणस्तरीय काम गर्ने वडाले ‘विकास’ पुरस्कार पाउँछछन् ।’ पुरस्कार पाएको बजेटले वडाको एउटै योजनामा लगानी गर्नुपर्ने प्रमुख विष्टले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी