थाहा नगरपालिकाका नवनिर्वाचित मेयर विष्णुबहादुर विष्टले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । ५ जेठमा जिल्ला समन्वय समितिमा आयाेजित कार्यक्रममा विष्टलाई मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराएका हुन्।
पहिलो चरणमा भीमफेदी गाँउपालिकाका हिदम लामा, इन्द्रसरोबर गाउँपालिका देवकृष्ण पुडासैनी, राक्सिराङ गाउँपालिकाका राजकुमार मल्ल, मकवानपुर गढीगाउँपालिका दोर्जे लामा र बकैया गाउँपालिका धर्मराज लामिछानेले पद तथा गोपनियताको सपथग्रहण गरेका थिए ।
दोस्रो चरणमा थाहा नगरपालिका बिष्णुबहादुर बिष्ट ‘आदर्श’, मनहरी गाउँपालिका रन्जन कालाखेती, कैलाश गाउँपालिका लोक बहादुर मोक्तानले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् ।
निर्वाचित भएको ७२ घण्टाभित्र पद तथा गोपनियताको सपथ ग्रहण गर्नु पर्ने प्रावधान रहेको छ ।
विष्टले ६ जेठमा नगरका उपमेयरसहित सबै जनप्रतिनिधिलाई पद तथा गाेपनियताकाे सपथ गराउने कार्यक्रम छ । लगत्तै उनले थाहा नगरपालिकाकाे मेयरकाे रुपमा पदभार ग्रहण गर्नेछन् ।
थाहाका कार्यवाहक मेयर खड्गबहादुर गाेपालीले विष्टलाई मेयरकाे पदभार सुम्पिने कार्यक्रम छ ।

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्