मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा नेकपा एमालेका हेम कुमार थिङ विजयी भएका छन् ।

थिङले स्वतन्त्र उमेद्वार टिकाराम रुम्बालाई १ सय ९० मतान्तरले पराजित गरेका हुन् । थिङले ६ सय ७५ मत प्राप्त गर्दा रुम्बाले ४ सय ८५ मत पाए । त्यस्तै यसअघि २०७४ सालमा वडाध्यक्ष जितेको नेकपा माओवादी केन्द्रका उमेद्वार सुमन कार्कीले ३ सय ७० मत प्राप्त गरे । नेपाली काँग्रेसका राम कुमार घलानले २८ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ८ मा एमालेकोे अध्यक्षसहित प्यानल नै विजयी भएको छ ।

पालिका प्रेस
थप जानकारी