मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा विष्णु बहादुर गुरुङ विजयी भएका छन् । ५ नम्बर वडामा एक निर्विरोधसहित पाँचै जना एमाले प्यानलबाट विजयी भएका छन् ।
गुरुङले निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका अध्यक्षका उमेद्वार मानसिं दोङलाई ३०३ मतले पराजित गरेका हुन् । गुरुङले ६ सय ३२ मत पाएका छन् । नेपाली काँग्रेसका उमेद्वार अक्कल बहादुर थिङले २५५ मत पाएका छन् ।
गुरुङ २०७४ सालमा पनि सोही वडाबाट अध्यक्षमा निर्वाचित भएका थिए । यससंगै थाहानगरमा एमालेले विजय शुरुवात गरेको छ ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्