मकवानपुर इन्द्रसरोवर गाउँपालिकामा २ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । नकेपा एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नम्बर १ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएकी हुन् ।
दमाई र सुनारको उक्त वडामा एकल उमेद्वार परेको स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।
इन्द्रसरोवरमा ५ वटा वडाको ५ अध्यक्षका लागि २२ जनाको उमेद्वारी परेको छ भने १० वडा सदस्यका लागि ३५, ५ जना महिला सदस्यको लागि १८ र दलित महिला सदस्य पदको लागि ११ जनाको उमेद्वारी परेको जारी सूचनामा उल्लेख छ ।


















































दिनेश दर्पण 







प्रतिक्रिया दिनुहोस्