हेटौँडा अस्पतालमा एक वर्षको अवधिमा २ सय ३८ जना किशोरी आमा बनेका छन् । आर्थिक वर्ष २०८२/०८३ को अवधिमा अस्पतालमा प्रसुति सेवा लिएका मध्ये २ सय ३८ जना किशोरीहरु २० वर्ष भन्दा कम उमेरका आमा बनेका हुन्् । एक वर्षको अवधिमा हेटौँडा अस्पतालको मातृ–शिशु सेवा मार्फत कुल २ हजार ८ सय ९२ जना गर्भवतीहरुले प्रसुती सेवा प्राप्त गरेको हेटौँडा अस्पतालले जनाएकोछ ।

कुल प्रसुति सेवा लिनेमध्ये ८ प्रतिशत बढी किशोरी अवस्थामा आमा बनेको देखिएको छ । असार महिनामा मात्रै २० वर्षभन्दा कम उमेरका २० जना किशोरीहरु आमा बनेका छन् । यस अवधिमा अस्पतालमा कुल १ सय ८१ जना महिलाहरुले प्रसुती सेवा लिएकामा २० जना किशारेीहरु आमा बनेका हुन् । असार महिनामा प्रसुती सेवा लिएका १ सय ८१ जनामध्ये १ सय १६ जनाको शल्यक्रियाद्वारा प्रसुती गराइएको, ४ जनाको संवेदनशील तथा ६५ जनाको सामान्य प्रसुती गराइएको हेटौँडा अस्पताल मातृिशशु शाखाले जनाएको छ ।

अस्पतालमा सुविधा सम्पन्न शल्यक्रिया सेवा तथा अस्पताल नभएका छिमेकी जिल्लाहरुबाट समते रिफर भई प्रसुती सेवाका लागि आउने गरेका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका कहेी वडाहरु, मनहरी, भीमफेदी, बागमती, बकैया गाउँपालिका लगायत छिमेकी जिल्लाहरुबाट समेत गर्भवती किशोरीहरु प्रसुती सेवा लिन आउने गरेको हेटौंडा अस्पतालको मातृशिशु शाखाका स्वास्थ्यकर्मीले जनाएका छन् । २० वर्ष उमेर नपुगी आमा बन्दा आमाको प्रजनन् अंग विकास भइनसकेकोले आमा र शिशु दुबैको स्वास्थ्य जोखिममा रहने स्वास्थ्यकर्मीको भनाइ छ ।

सानो उमेरमा गर्भवती हँदुा शिशुपूर्ण परि पक्व नभई जन्मने सम्भावना रहने र समय नपुगी जन्मेको शिशुलाई विभिन्न संक्रमणको समेत खतरा रहने चिकित्सकहरुले चेतावनी दिँदै आइरहेका छन् । -सम्वृद्ध समाजबाट

पालिका प्रेस
थप जानकारी