कवानपुरको थाहा नगरपालिकाको बज्रवाराहीमा हरेक ३–३ वर्षमा लाग्ने बज्रबाराही माईको जात्रा १९ वैशाखबाट सुरु भएको छ । ३ दिनसम्म लाग्ने उक्त जात्रा अन्तर्गत १९ वैशाख साँझ मन्दिरमा रथ सहित खड्ग जात्रा बाराही मन्दिरमा लगेर जात्रा सुरुवात गर्ने चलन छ ।
शनिवार १९ वैशाखको मध्येरात पञ्चबली सहित २ महिना अघिदेखि खुल्ला रुपमा छोडीएको २ राँगोको बली पुजा सहित विशेष पुजा हुने पुजारीको भनाई छ । आइतबार २० बैशाखमा बज्रवाराही तथा आसपासका क्षेत्रका श्रद्धालु भक्तजनहरुबाट बोका, राँगा, हाँस, कुखुराको बली पुजा गरिन्छ ।
जात्राको तेस्रो दिन रथ फिर्ता सहित जात्रा सम्पन्न हुनेछ ।
जात्रा सुरु हुने दिन १९ वैशाखमा उपस्थितची हुनका लागि आव्हान गरिएको छ ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्