बागमती प्रदेश सरकार स्थापना भएको ७ वर्षपछि आफ्नै एकीकृत प्रशासनिक संरचना (मन्त्रालयका भवनहरु) निर्माणका लागि जग्गा प्राप्ती प्रक्रिया टुंगिएको छ । वि.सं. २०७६ सालदेखि जग्गा प्राप्तिको कानुनी प्रक्रियामा अल्झिएको सो योजनालाई गत चैतमा बसेको संघीय मन्त्रिपरिषद्को बैठकले टुंग्याएसँगै निर्माणको बाटो खुलेको हो ।
वि.सं. २०७४ सालमा प्रदेश संरचना बनेयता बागमती प्रदेशले ५ जना मुख्यमन्त्री भइसकेका छन् । तर, आफ्नै व्यवस्थित भवन नहुँदा हालसम्म प्रदेशका मन्त्रालयहरु साँघुरा सरकारी भवन र भाडाका घरबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहँदै आएको छ । विगतका सरकारहरुले बर्सेनी बजेट विनियोजन गरे पनि जग्गाको भोगाधिकार प्राप्त नहुँदा काम अघि बढ्न सकेको थिएन । हाल मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा रहेको सरकारले संघीय वन तथा वातावरण मन्त्रालयमा अड्किएको फाइललाई मन्त्रिपरिषद्बाट स्वीकृत गराएको हो ।
भवन निर्माणका लागि हेटौँडा– १६ र १७ मा प्रस्तावित ३१.०२ हेक्टर वन क्षेत्रको जग्गा प्राप्त भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्ठाका अनुसार सो क्षेत्रमा रहेका विभिन्न प्रजातिका ५ हजार २२६ वटा रुख तथा पोलहरू हटाउन संघीय सरकारले स्वीकृति दिइसकेको छ । रुख कटानको केही प्रक्रिया र वन विभागसँग सम्झौतापछि फिल्डमा काम सुरु हुने उनले बताए ।

















































पालिका प्रेस 


















प्रतिक्रिया दिनुहोस्