बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरेलाई नियुक्त गरिएको छ ।

आयोगको रिक्त पदमा काठमाडौं–१० नयाँबानेश्वर निवासी घिमिरेलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले २ चैत्रमा नियुक्त गरेका हुन् । बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले एक कार्यक्रमका बीच उनलाई प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका छन् ।

शपथ कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा मगर, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापालगायतको उपस्थिति थियो ।

पालिका प्रेस
थप जानकारी