मकवानपुरकै ठुलो बचत सहकारीको रुपमा परिचित हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको २६ औँ वार्षिक साधारण सभा २६ पुसमा हेटौैंडामा भएको छ । सहकारी प्राधिकरणको नियमानुसार संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको सभाध्यक्षता तथा संस्थापक जेष्ठ सदस्य राजिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

७३ करोड ४८ लाख ६५ हजार ५४४ रुपैयाँ बराबरको कुल कारोबार गरेको सहकारीले आव ०८१/०८२ मा ५५ करोड ६४ लाख २६ हजार ५८० रुपैयाँ कर्जा लगानी गरेको संस्थाका कामु प्रवन्धक रीता पौडेलले बताईन् । उनका अनुसार ५ करोड २ लाख २९ हजार दुई सय शेयर पुजीँ रहेको सहकारीमा ५९ करोड १६ लाख ५६ हजार ६१८ रुपैयाँ बचत निक्षेप रहेको बताईन् । संस्थाको जगेडा कोषमा भने ४ करोड ११ लाख ७७ हजार ४२७ रुपैयाँ रहेको छ ।

सभामा अध्यक्ष बस्नेतले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै कोषाध्यक्ष पार्वती ढकालले आव ०८२्०८३ को प्रस्तावित आयव्यव समेत प्रस्तुत गरेकी थिईन् । त्यस्तै, सहकारीले विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो । जसमा सञ्चारकर्मीतर्फ सिधाखबर तथा खबरसहकारी डटकमका सम्पादक श्रीराम अर्जुन, सहकारी अभियान्तातर्फ यसोधा कुमारी उप्रेती, कर्मचारीतर्फ बचत तथा लेखा सहायक मेनुका पाख्रीन र कार्यालय सहयोगी राममाया घलानलाई सम्मान गरिएको थियो ।

त्यस्तै, मासिक नियमित बचततर्फ शारदा दहाल, सीता अर्याल, बिन्दा भ्लोन, असल ऋणी तर्फ बिमला लामा, मदन घलान, सीता गिरी, बाल बचततर्फ अनुष्का अर्याल, आरोग्य बस्नेत र रुजीसा बलामीलाई पुरस्कृत गरिएको थियो । यसैगरि दैनिक बचततर्फ सुरेश अर्याल, मदुसुदन बन्जारा र बिमला गौतम, पेन्सन बचत तर्फ निर्मला थपलिया, संरक्षित पुजीँ फिर्तातर्फ गोकुलनाथ पौडेललाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै, एकै दिन दम्पति सदस्यता लिने सागर बस्नेत र मन्दिरा केसी, प्रेमबहादुर विक र विमला विश्वकर्मा, मदन डिम्डुङ र सानुमाया डिम्डुङ, रमेश कुमार बानियाँ र जानुका अधिकारी बानियाँ, राजाबाबु देवकोटा र सावित्री कुमारी विष्ट, दीपा खनाल र प्रचण्ड घिमिरेलाई सम्मान गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी