उत्तरी मकवानपुर स्थित थाहा नगरपालिकामा लाग्ने ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा विधिवत रुपमा समापन गरिएको छ । १८ मंसिरबाट शुरु भएको जात्रा इन्द्रायणी मन्दिरबाट रथ उठाई पुनः पालुङको देउता घर पु¥याएसँगै जात्रा पनि सकिएको पुजारी सम्पूर्ण श्रेष्ठले जानकारी दिए ।

जात्रामा पालुङ सहरबाट भगवान गणेश, इन्द्रायणी, कुमारी र कालाभैरबको रथ इन्द्रायणी मन्दिरमा लैजाने गरिन्छ । थाहा नगरपालिका वडा नम्बर २ देउला गाउँ (इन्द्रायणी बस्ती) मा राखिएको भगवानको मूर्तिलाई पालुङ सहरको डबलीमा पु¥याइ तान्त्रिक विधिबाट पूजा गरी रथमा राखेर दुईदिन अघि इन्द्राायणी मन्दिरमा पु¥याइएको थियो । सोही दिन वडा नम्बर ३ को गोपाली गाउँबाट पनि सेति गणेशको रथ इन्द्रायणी मन्दिरमा पु¥याएपछि जात्रा शुरु भएको हो ।

२० मंसिर अर्थात जात्राको तेस्रो दिन मन्दिरबाट रथ उठाइ विभिन्न खटमा विधिपूर्वक बलीसहितको पूजा गरी रथलाई इन्द्रायणी बस्तीको देउता घर पु¥याइएको छ । जात्रा शुरु गर्दा ४ दिन अघि इन्द्रायणी बस्तीबाट रथ पालुङ डबलीमा पु¥याई देउताका मुकुटहरु चौथो दिन रथमा राखेर इन्द्रायणी मन्दिर लैजाने गरेको भएपनि रथ भित्र्याउँदा एकै दिन रथ र मुकुट देउतार घर पु¥याउने चलन छ ।

प्रत्येक तीन/तीन वर्षमा लाग्ने ऐतिहासिक इन्द्रायणी जात्रा नेवार समुदाय र देउला समुदायले मिलेर मनाउने गर्दछन्। जात्राको व्यवस्थापन इन्द्रायणी भगवती कालभैरव गुठी संरक्षण समितिले गर्दै आएको छ । देउला गाउँका पुजारीहरूले काम्दै पुजाआजासहित भगवान मञ्जुर बनाएपछि मन्दिरबाट रथ र मुकुट फर्काइन्छ ।

रथ लैजाने र पूजाको विधिमा मुख्यगरी यी दुई समुदायको भूमिका रहने भए पनि यो जात्रा मकवानपुरै ऐतिहासिक धरोहरको रुपमा परिचित छ । जात्रा ३ सय ५७ वर्ष पुरानो इतिहाससँग जोडिएको स्थानीय निरोज प्रधानले बताए । आफ्ना पुर्खाहरूले मनाउँदै आएको जात्रालाई आफूहरूले पनि निरन्तरता दिएको इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समितिका अध्यक्ष श्यममभक्त श्रेष्ठले जानकारी दिए ।

मेलाको पहिलो दिन इन्द्रायणी चौरमा रहेको इन्द्रायणी मन्दिरमा रथ पु¥याउने र त्यसपछिको दुई रात पञ्चबलीसहितको होम गर्ने र तान्त्रिक विधिबाट पूजा गर्ने प्रचलन छ । दोस्रो दिनामा सर्वसाधारणको नियमित र भाकल पुजा गर्ने तथा तेस्रो दिन पूजाआज गरी अपरान्ह रथ फर्काउने प्रचलन रहेको छ । इन्द्रायणीको प्रसाद पूजाको अन्तिम दिन मात्र वितरण गरिन्छ ।

जात्रामा मकवानपुरको थाहानगरसहित छिमेकी पालिकाहरु र मुख्य गरेर काठमाण्डौ, हेटौंडा, धादिङ, काभ्रेलगायतका क्षेत्रका भक्तजनहरुको तीन दिनसम्मै उल्लेख्य उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी