बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा प्रदेशमा एक जिल्ला एक स्वस्थ शहर कार्यक्रमको उद्घाटन गरिएको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्यक्रमको उद्घाटन् गरे ।

मन्त्रालयको आयोजनामा एक स्वस्थ शहर, एक स्थानीय तह एक नमूना स्वास्थ्य संस्था, प्रदेश स्वास्थ्य सहजकर्तालगायतका कार्यक्रमहरुको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रमको हेटौंडामा उद्घाटन् गरिएको हो ।

कार्यक्रमा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर लगायतका मन्त्रालयका सचिब लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेशका १३ वटा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत जनप्रतिनिधि लगायतकाको उपस्थिती रहेको छ ।

पालिका प्रेस
थप जानकारी