गण्डकी प्रदेश सरकार मातहतका कार्यालयबाट एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा भएको छ । अधिकांश कार्यालय प्रमुखहरु सरुवामा परेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ती कर्मचारीहरु सरुवा गरेको हो । कार्यालयका अनुसार विभिन्न समूहमा रहेका ७५ जना कर्मचारीको सरुवा भएको छ ।

प्रदेश प्रशासन समूहका १३ जना, स्वास्थ्य समूहका २० जना, वन तर्फ ४ जना, कृषितर्फका २७ जनाको सरुवा भएको छ ।

इन्जिनियरिङ तर्फका १० जनाको सरुवा भएको छ । मन्त्रिपरिषद्बाट मापदण्ड पारित भएपछि सोही आधारमा सरुवाको काम गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सूची:

 

पालिका प्रेस
थप जानकारी