समाजिक रुपान्तरणका लागि ‘नागरिक समाज‘ले ‘पाँचौँ विशेष नागरिक पर्यटन अवार्ड २०८२’ पर्यटन व्यवसायी रोहित कार्कीलाई प्रदान गरेको छ । वरिष्ठ चिकित्सक डा.मनोरदिन सैयद संयोजकत्वको निर्णायक समितिको सिफारिसमा नागरिरक समाजले थाहा नगरपालिका वडा नम्बर २ अंगारेमा जन्मेका पर्यटन व्यवसायी कार्कीलाई ‘विशेष नागरिक पर्यटन अवार्ड २०८२’ प्रदान गरेको हो ।

२९ कार्तिकमा काठमाडौंमा समाजले आयोजना गरेको कार्यक्रममा होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुरका प्रबन्ध निर्देशक कार्कीलाई ‘विशेष नागरिक पर्यटन अवार्ड २०८२’ बाट सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ उद्योगी, व्यवसायी दीपक मल्होत्रा, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीका साथै चिकित्सक, सौन्दर्यविद्, कलाकार, उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको छ । सम्मानित हुने व्यक्तिहरूलाई हालै विघटित प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगरले सम्मान गरेकी हुन् । उपसभामुख रानाले सम्मानित भएका सबैलाई बधाई तथा भविष्यमा सम्मान र अवार्डले थप उर्जा मिल्ने अपेक्षा लिएको बताएकी छिन् ।

समाजका अध्यक्ष यामबहादुर जि.सी.ले समानित हुने र अवार्ड पाउने व्यक्तिहरूलाई बधाई दिएका छन् । उनले भने, ‘समाजका व्यक्तिहरूको प्रतिभा पहिचान गरेर उहाँहरूको हौसला बढाउन हामीले सम्मान र अवार्ड प्रदान गर्दै आएका छौँ । आगामी दिनमा पनि हाम्रो कार्यक्रम जारी रहनेछ ।’

पालिका प्रेस
थप जानकारी