
मकवानपुर थाहा नगरपालिकाको बजेट पारित भएको छ । नगरपालिकाको १६ असारमा सम्पन्न १८ औं अधिवेशनको दोस्रो बैठकले बजेट छलफलसहित पारित गरेको हो ।
नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले सभामा आर्थिक वर्ष २०८२/०८३ को लागि कूल बजेट रु. ९० करोड ३० लाख रूपैया बजेट पेश गरेका थिए । बजेटमा पालिकाले चालू खर्चमा ६० र पूँजीगत खर्चमा ४० विनियोजन गरेको जनाएको छ ।
थाहा नगरपालिकालागि संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान रु. १२ करोड ३९ लाख, समपूरक अनुदान रु. ४९ लाख, विशेष अनुदान रु. २ करोड, सशर्त अनुदान रु. ३१ करोड ६६ लाख, राजस्व बाँडफाँड रु. १० करोड ७० लाख ७ हजार ६ सय ८४, रोयल्टी रु. १ करोड १९ लाख १४ हजार ४ सय ३५ गरी जम्मा रु. ५८ करोड ४३ लाख २२ हजार १ सय १९ रहेको छ ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान रु. १ करोड २५ लाख ८६ हजार, समपूरक अनुदान रु. २ करोड ८८ लाख, विशेष अनुदान रु. ६५ लाख, सशर्त अनुदान रु. २ करोड ४९ लाख २१ हजार र राजस्व बाँडफाँड रु. ५ करोड ७८ लाख ३१ हजार ९९ गरी जम्मा रु. १३ करोड ६ लाख ३८ हजार ९९ रहेको छ।
नगरपालिकाको आन्तरिक आयतर्फ राजस्व (कर तथा गैरकर) रु. १६ करोड ८० लाख ३९ हजार ७ सय ८२ र मालपोत रु. २ करोड, गरी जम्मा रु. १८ करोड ८० लाख ३९ हजार ७ सय ८२ आम्दानी हुने बजेटमा उल्लेख छ ।
अधिवेशन नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्य तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
हेर्नुहोस् वडा तथा नगरस्तरीय योजनामा विनियोजित बजेट तथा योजनाः
प्रतिक्रिया दिनुहोस्