मकवानपुरको इन्द्रसरोवर गाउँपालिकालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका’ घोषणा गरिएको छ । इन्द्रसरोवरमा ४ असारमा आयोजित एक कार्यक्रमका बीच पालिकालाइ पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

गाउँपालिकालाई खोप समन्वय समिति इन्द्रसरोवरका संयोजक तथा पालिका अध्यक्ष देव कृष्ण पुडासैनी र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण बहादुर मिजारले संयुक्त रूपमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन् । कार्यक्रममा इन्द्रसरोवरका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा कार्यपालिका सदस्यहरु, स्वास्थ्यकर्मीहरु, विद्यालय नर्स, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका लगायतको सहभागीता रहेको थियो ।

  

खोप समन्वय समितिको सक्रियतामा हरेक वडामा घरभेट सर्वेक्षण, १६ वटा खोप केन्द्रबाट मासिक नियमित सेवा र छुटेकालाई खोप दिने कार्य भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका ०–१५ महिनाका १६३ जना र १६–२३ महिनाका ११४ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् । पछिल्लो सर्वेक्षणअनुसार, १६–२३ महिनाका ११४ जना बालबालिकालाई पूर्ण रूपमा खोप लगाएको पालिकाको तथ्यांक छ ।

इन्द्रसरोवर गाउँपालिकामा ५ वटा स्वास्थ्य केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य इकाइ रहेको छ ।

पालिका प्रेस
थप जानकारी