मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा शाखा रहेको नाडेप लघुवित्त वित्तीय संस्थाले जनमुखी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई टेलिभिजन प्रदान गरेको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरी केन्द्रलाई १७ चैत्रमा ४३ इन्चको टेलिभिजन प्रदान गरेको हो ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिखरकोटको चुनिस्थानमा रहेको दिवा सेवा केन्द्रलाई टेलिभिजन प्रदान गरेको संस्थाका शाखा प्रमुख उज्वल बास्कोटाले जानकारी दिए । संस्थाले वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी मार्फत जेष्ठ नागरीक दिवा सेवा केन्द्रका जेष्ठ नागरिकहरुलाई टेलिभिजन हस्तान्तरण गरेका हुन् ।

वडा नम्बर ३ का अध्यक्ष रायमाझीको पहलमा संचालित जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई संचालन गर्नको निम्ति मनहकारीहरुले सहयोग गरिरहेका छन् । नाडेपले गरेको सहयोगप्रति ज्येष्ठ नागरिकहरुले धन्यवाद ज्ञापन गरेका छन् । सेवा केन्द्रमा बस्दा टिभिमा खबर र मनोरञ्जनका गितहरु समेत हेर्न र सुन्न पाउने भएपछि उनीहरुले खुशी व्यक्त गरेका छन् ।

पालिका प्रेस
थप जानकारी