माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई ‘करियर काउन्सिलिङ’ कार्यक्रम गरेको छ । थाहा नगरपालिकाको आयोजनामा १७ चैत्रमा पालुङ जेसिज हलमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई काउन्सिलिङ गरिएको हो ।

कार्यक्रमको उद्घाान गर्दै थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले विद्यार्थीहरुलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने भन्दै आफूलाई चिन्न आग्रह गरे। प्रधानले पारिवारिक दबाब भन्दा पनि आफ्नो क्षमता र आफ्नो इच्छाअनुसारको विषय छनोट गर्न आग्रह गरेका थिए। कार्यक्रममा थाहा नगरपालिकाका शिक्षा संयोजक राजनभक्त श्रेष्ठले शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयले नै विद्यार्थीलाई सधैं ऊर्जावान् र सक्रिय बनाउने बिचार राख्दै विद्यार्थीका लागि अभिभावकको भूमिका अतुलनीय हुने कुरामा जोड दिए।

कार्यक्रममा एस ई ई दिएर बसेका थाहाका १६ वटा संस्थागत तथा सामुदायिक विद्यालयका २ सय विद्यार्थीलाई मोटिभेसनल स्पिकर विश्व रमण न्यौपानेले सहभागीहरूलाई जीवन उपयोगी शिक्षा, आगामी दिनको तयारी र परीक्षा नतिजालाई कसरी लिने भन्ने विषयमा व्यावहारिक तालिम प्रदान गरेका थिए। कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउने आशा लिएको महिला, बालबालिका शाखाकी शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् ।

महिला तथा बालबालिका समिती संयोजक अनिता बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिका शिक्षा समिती संयोजक राजनभक्त श्रेष्ठको बिशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल,शिक्षक महासंघ थाहाका अध्यक्ष राजाराम कार्की, प्याव्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीलगायत शिक्षक, वद्यार्थीहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी