बाराको जीतपुरसिमरा उपमहा नगरापालिका–१५ डुमरवानास्थित सुष्मा गलैंचा उद्योग ८ बालबालिकाको उघार भएको छ । १४ वर्षदेखि १७ वर्षसम्मका ३ बालिका र ५ बालक गरी ८ बालबालिकालाई १९ पुसमा उद्धार गरिएको हो । श्रम तथा रोजगार कार्यालय वीरगंज, जीतपुर सिमरा उपमहानगरापालिका, सिविन नेपाल, बालहेल्पलाइन १०९८ मकवानपुर सहितको टोलीले बालश्रमिकमको उद्दार गरी बालहेल्पलाइन हेटौडाको आवासमा ल्याएको छ ।
उद्धार गरिएकाहरु राक्सिराङ गाउँपालिका– १ को १४ वर्षको १ जना, राक्सिराङकै १६ र १७ वर्षका २ बालक, बारा जिल्ला निजगढ नगर पालिकाको १३, १५ र १७ वर्षका ३ जना बालिका र निजगढकै १५ र १७ वर्षका २ जना बालक उद्दार गरिएका हुन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का सोमबहादुर बुलनले आफ्नो १४ वर्षीया छोरालाइ गलैंचा कारखानाबाट उद्दार गरिदिन बालहेल्पलाइन १०९८ मा निवेदन दिएपश्चात बालकलाइ उद्दार गर्न जाँदा थप बालबालिका पनि उद्दार गरिएको हो ।
अनुगमनका क्रममा बालबालिकालाई ठेकेदारमार्फत् काममा लगाइएको, नेपाल सरकारले तोकेबमोजिमको तलव नदिइएको, दिनमा १६ घण्टासम्म काम लगाइएको, कार्यस्थलबाट बाहिर आवतजावत गर्न प्रतिवन्ध लगाइएको, बालबालिकाको खानपान, बसाइ अति निकृष्ट प्रकारको रहेको, चरम श्रमशोषण भएको, भने अनुसार काम नगर्ने बालबालिकालाइ यातना समेत दिन गरेको, जाडोको समयमा पनि न्यायो कपडाको ब्यवस्था नभएको अनुगमनका क्रममा पाइएको बालहेल्पलाइन १०९८ मकवानपुरका प्रवन्धक झबिन्द्र ज्ञवालीले बताए ।
टोलीमा श्रम तथा रोजगार कार्यालय वीरगंजका कार्यालय प्रमुख बलराम कुशवाह, जीतपुर सिमरा उपमहानगरपालिका महिला तथा बालबालिका शाखाप्रमुख रमेश सुवेदी, रोजगार संयोजक मो.नसिमुल गनी र नगरप्रहरी सहायक निरीक्षक रविनकुमार खड्का सहितको टोली उद्दारको लागि गएको हो । गलैंचा कारखानामा अबैधरुपमा बालश्रममा बालबालिकालाई राखिएको उजुरीपछि सिविन नेपाल, बालहेल्पलाइन १०९८ मकवानपुरका प्रवन्धक ज्ञवाली र कार्यक्रम अधिकृत सम्झना अधिकारी सहितको टोलीले उद्दार गरेको हो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्