जिल्लाको छिन्नमस्ता गाउँपालिका बालविवाहमुक्त पालिका घोषणा भएको छ ।आइतबार पालिकामा आयोजित कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले छिन्नमस्तालाई बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् ।
छिन्नमस्ता बालविवाहमुक्त घोषणा भएको मधेस प्रदेशको तेस्रो पालिका भएको पालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।
‘बालविवाहका असर र कानुनी सजायका बारेमा पालिकावासीलाई यथेष्ट रूपमा जानकारी गराएका छौं,’ उनले भने, ‘सरोकारवाला सबैसँगको समन्वय र सहकार्यमा पालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिएको हो ।’

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्