मकबानपुर जिल्लाको बकैया गाउँपालिकामा बालश्रम अन्त्य गर्न गाउँपालिका भित्रको विभिन्न विद्यालयका शिक्षक एबं शिक्षाकर्मीहरुले बालश्रम बिरुद्ध क्रियाशिल हुने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमका सभाध्यक्ष एबं बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बिधालयको तथ्याकं हेर्दा ड्रप आउट बढदै गएको पाईएकोले ति विद्यालय बाहिर रहेको बालबालिका भोली बालश्रममा जान सक्ने, तिनै बालिकाको बालबिबाह हुन सक्ने, बाल बिबाह पश्चात पुन बालश्रम हुदै बाल ओसारपसार र बेचबिखन समेत हुन जाने संभाबना बढदै गएकोले विद्यालयमा हुने ड्रप आउट घटाउन र बिधालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा ल्याउन विद्यालयका शिक्षक एबं ब्यबस्थापन समितीलाई मिहिन ढंगले कृयाशिल हुन आग्रह गरे ।
बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले जिम्मेबार अभिभाबक हुन नसकेको कारणले बालबालिकाहरु बालश्रम गर्न बाध्य हुन परेको बताउनु हुदै टोल बिकाश मार्फत अभिभाबकलाई जिम्मेबार भुमिका निर्बाह गर्न सचेतना कार्यक्रमको आयोजना गर्ने योजना रहेको बताए । उनले शिक्षकहरुले बालबालिकालाई बिधालयमा टिकाउने र गुणस्तरिय शिक्षा सिकाउने कार्य गर्न आग्रह गरे ।
पालिकाको प्रमुख प्रशासकिय अधिकृत महेश श्रेष्ठले गाउँपालिकाको २८ वटा विद्यालयको शिक्षकहरुबाट बाल संरक्षणको लागि भाबि कार्ययोजना तयार पारिएकोमा प्रशंसा गर्नु हुदै सार्बजनिक शिक्षाको सुदृढिकरण, विद्यालय छोडने दरमा कमी ल्याउन र गुणस्तरीय शिक्षाका लागि विद्यालयका शिक्षकलाई जिम्मेबार बन्न आग्रह गर्दै विद्यालयबाट तयार पारिएको कार्ययोजनालाई सफलता पूर्वक सम्पन्न गर्न पालिकाले सहकार्य गर्ने समेत बताए ।
कार्यक्रमका सहभागी शिक्षकहरुले विद्याालयमा ड्रप आउट हुन नदिन, विद्यालय छोडेका बालबालिकालाई पुनः विद्यालय फर्काउन, विद्यालयको सेवाक्षेत्र भित्रका विद्यालय बाहिर रहेका बालबालिकालाई विषेश रुपमा विद्यलयमा ल्याउन उल्लेख्य भुमिका निर्बाह गर्ने प्रतिबद्धता समेत गरिएको थियो ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्