नेकपा एमालेको मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्षमा सानुभाई विष्ट निर्वाचित भएका छन् । ५ पुसमा भएको निर्वाचनमा अध्यक्षका आकांक्षी पूण्य भण्डारीलाई १० मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । विष्टले ४७ मत पाउँदा भण्डारीले ३७ मत मात्र पाए । कैलाश गाउँपालिका–३, कालिकाटारमा अधिवेशन भएको थियो ।

उपाध्यक्षमा ओम बहादुर मुक्तान ४६ मतसहित विजयी भइन् । मुक्तानले रामबहादुर गोङ्वा पराजित गरेकी थिइन् । सचिवमा बाबुराम मुक्तान सर्वसम्मत निर्वाचित भएका थिए । उपसचिवमा वीर बहादुर प्रजा ४४ मतसहित विजयी हुँदा पेम्बा योञ्जन ३१ मतसहित पराजित भए । लेखा कमिटीको अध्यक्ष सजित कार्की सर्वसम्मत निर्वाचित भएका थिए । पालिका कमिटीका अन्य पदमा भने सर्वसम्मत निर्वाचित भएको उपाध्यक्ष ओमबहादुर मुक्तानले जानकारी दिए ।

८९ जना प्रतिनिधि मध्ये ८५ जनाले मतदान गरेका थिए ।

यसअघि नेकपा एमालेको हेटौँडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न भइसकेको छ ।

पालिका प्रेस
थप जानकारी