नेकपा एमालेले पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उठाउने भएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा एमालेले तुलाचनलाई उम्मेदवार बनाउने भएको हो । त्यस्तै वडा नम्बर २ को वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

सम्बन्धित पालिका कमिटीमार्फत उपाध्यक्षमा ३ र वडाध्यक्षमा २ जनालाई जिल्ला पार्टीले सिफरिस गरेर प्रदेश कमिटीमा पठाएको र त्यसैमध्येबाट २ जनालाई उम्मेरवार बनाउने तय भएको एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणि गौतमले जानकारी दिए । ‘उम्मेदवार सिफारिसको आवश्यक सबै प्रक्रिया पूरा गरी बिहीबारको प्रदेश कमिटीको बैठकबाट उम्मेदवारको नाम तय गरिएको हो,’ उनले भने ।

यसअघि माओवादी केन्द्रबाट निर्वाचित भएकी पालिका उपाध्यक्ष भुपेन्द्र बुढा र वडाध्यक्ष जसबहादुर सिर्पालीको गत भदौ २८ गते बागलुङमा जिप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त भएको थियो ।

पालिका प्रेस
थप जानकारी