जिल्ला अदालत मकवानपुरले बालिका बलात्कार गरेको ठहर गर्दै एक युवकलाई १२ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश शुकन्तला कार्कीको इजलासले हेटौंडा उपमहानगरपालिका–१४ बँदेलधापका ३८ वर्षीय मीनबहादुर लोप्चनलाई बालिका बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
अदालतले ५ लाख रुपैयाँ जरिवानाका साथै पीडकबाट पीडितलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । २०८० साउन १ मा १३ वर्षीया बालिकालाई दिदीको घरमा डाकेर ललाइफकाइ गरी बलात्कार गरेको र बालिकाका आफन्तले उक्त घटना थाहा पाएपछि प्रहरीमा उजुरी दर्ता गराएका थिए ।
प्रहरीले लोप्चनलाई साउन २ मा पक्राउ गरेको थियो । पक्राउ परेका लोप्चन अहिले पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा थुनामा छन् ।















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्