मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले भुक्तानी शिविर मार्फत पहिलो किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण ५ कार्तिकबाट थाल्ने भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को पहिलो त्रैमासिक किस्ता वापतको सामाजिक सुरक्षा भत्ताको शिविरै आयोजना गरेर वितरण गर्न लागेको हो ।

पालिका अन्तर्गतका ५ वटै वडाका लाभग्राहीहरुलाई गाउँपालिका र ग्लोबल आई. एम. ई बैंक लिमिटेड, इन्द्रसरोवर शाखाको समन्वयमा वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले जानकारी दिए ।

हेर्नुहोस् कहाँ कहिले वितरण ?

पालिका प्रेस
थप जानकारी