१५ असोज अर्थात १ अक्टोबर अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस । यस दिवसको अवसरमा थाहा नगरपालिकाको आयोजनामा विविध कार्यक्रम गरी मनाइएको छ । थाहा नगरपालिकाको आयोजना, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयोजन तथा नगरस्तरीय जेष्ठ नागरिक समितिको व्यवस्थापनमा सिताराम जेष्ठ नागरिक दिवा सेवा केन्द्र घर्तिखोलामा कार्यक्रम भएको हो ।

थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा पालिका प्रवक्ता हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा रायमाझीले ज्येष्ठ नागरिकको सम्मान गर्दै सिकाइ हस्तान्तरण आवश्यक भएको औल्याए । उनले ज्येष्ठ नागरिकको हकहित, संरक्षण र संवद्र्धनका कार्यक्रम संचालन गर्नु आवश्यक रहेको बताए । ज्येष्ठ नागरिक समन्वय समिती थाहानगर संयोजक ईश्वर बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ४ का ज्येष्ठ नागरिक मञ्चका संयोजक निरन्जन अधिकारी, किरातेश्वर जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष सिताराम अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका सहभागी तथा अतिथीहरुलाई सिताराम ज्येष्ठ नागरिक दिवासेवा केन्द्रका गुप्त बहादुर कार्कीले स्वागत गरेका थिए भने कार्यक्रम संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख थाहा नगरपालिकाकी प्रतिमा मोक्तानले गरेकी थिइन् ।

यसैबीच दिवसकै अवसरमा ईलाका प्रहरी कार्यालय पालुङले पनि १५ असोज विहान स्थानीय जेष्ठ नागरिकहरुसंग कार्यालय परिसरमा अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो। संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन थालिएको हो ।

पालिका प्रेस
थप जानकारी