अन्दाजी ३ वर्षीय एक बालक हेटौंडामा बेवारिसे अवस्थामा फेला परी प्रहरीको सहयोगमा उद्धार भएका छन् । गहुँगोरो वर्ण, नाम कृष्ण तामाङ बताउने, दाहिने गालामा कालो ठूलो कोठी भएको, दाहिने कानमा मुन्द्रा लगाएको यी बालक परिवारको जानकारी दिन नसक्ने भएपछि परिवार खोजीमा समस्या भैरहेको बाल हेल्पलाइन मकवानपुर प्रमुख झबिन्द्र ज्ञवालीले बताए ।
बालकका परिवारलाई सबैको सहकार्यमा खोजीको लागि आव्हान गर्दै ज्ञवालीले बालक चिन्ने जो कोहीले पनि बाल हेल्पलाइनको पैसा नलाग्ने फोन १०९८ मा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् । बालकलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा १० स्थित बसपार्कमा फेला पारी तत्काल उद्धार गरी संरक्षण एवम् परिवार खोजीका लागि बाल हेल्पलाइनमा पठाएको हो ।
बालकले उद्धारको समयमा कालो रंगको स्पोर्टस् जुत्ता, निलो भित्र भुँवा भएको ज्याकेट, धर्के टिसर्ट र रातो सुरुवाल लगाएका थिए । बालकको साथमा कालो सानो ह्याण्ड ब्याग र त्यसभित्र खेलौनाहरु, चिउरा र बिस्कुटको पाकेट रहेको भेटिएको बाल हेल्पलाइन मकवानपुर प्रमुख ज्ञवालीले जानकारी दिए ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्