बाराको निजगढ नगरपालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी शिव प्रसाद देवकोटाले पाएका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको सरुवा भएपछि लेखा अधिकृत देवकोटाले प्रशासकीय अधिकृतको जिम्मा पाएका हुन् ।
उपसचिव धितालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाण्डौंंमा सरुवा भएको हो । धितालको सरुवा बारे सामान्य प्रशासन मन्त्रालयले निजगढ नगरपालिका कार्यालयमा गत हप्ता नै पत्र पठाएको निजगढ नगरपालिकाका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिए । अधिकृत धितालले आफूले निजगढ नगरपालिकामा हाजिर हुन आउनु पूर्व अख्तियारको कार्यालयमा सरुवा पाउन माग गरेको र अहिले मागेअनुसार सरुवा भएको बताइएको छ ।
निजगढ नगरकार्यपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको सरुवा र सरुवा थमौति बारेमा नगरपालिकाका मेयर सुरथ पुरी र बहुमत कार्यपालिका सदस्यहरुबीच उत्पन्न विवादपछि सामान्य प्रशासन मन्त्रालयले कार्कीको स्थानमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा कार्यरत उपसचिव धिताललाई गत भाद्र १ गते निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्