रोटरी क्लव अफ काठमाडौं वेस्ट तथा रोटरी स्याटेलाइट क्लव अफ काठमाडौं वेस्ट टिस्टुङले न्यानो कपडा वितरण गरेको छ ।
थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको हिमालय प्राविका ५१ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका सिम्रन, आर्या, सौरभ, संगिता, श्रीजना, विश्वा र सुवासको टोलीको सहयोगमा २२ पुसमा विद्यालयमै एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा बितरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका सदस्य शान्तीमाया स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा रोटरियन प्रेसिडेन्ट विक्रम जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रोटरियन हरीगोपाल श्रेष्ठ, रोटरियन कल्पना रुम्बा, रोटरियन प्रमोदकृष्ण जोशी लगायत शिक्षक अभिभावकको उपस्थिति रहेको थियो।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्