आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको सेवा प्रभावकारी बन्दै गएको छ । यहाँ उपचार गर्ने आउनेहरु बढ्न थालेका छन् । त्यो संगै बिरामीले बिशेषज्ञ सहितको सेवा पाउन थालेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले सेवाको प्रवर्धनका विषयमा १९ पुसमा मकवानपुरका पत्रकारसँग अन्तरक्रिया गर्दै यसका विषयमा जानकराी गराएको हो । केन्द्रमा धेरै खालका उपचार गरिने र औषधि समेत वितरण हुँदै आएको केन्द्रका प्रमुख तथा आयुरर्वेद चिकित्सक ललिता पाण्डेले बताए । पहिलेको तुलनामा विरामीहरुमा पनि चासो बढेको र सेवा पनि प्रभावकारी भएको बताए ।
अन्तरक्रियामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आयुर्वेद औषधीको महत्व र प्रयोग विधिबारे जनतालाई स्पष्ट तरिकाले बुझाउनुपर्ने बताए । आयुर्वेदबारे संस्कृत भाषा उल्लेखित हुने भएकाले केही शब्द नबुझ्ने र प्रयोग गर्न पनि नजान्ने हुँदा यसलाई बुझ्ने भाषामा उल्लेख गर्नुपर्ने उनको भनाइ थियो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्