हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चिप्लेटी बाँसघारीमा बसोबास गर्ने नागरिक र पशु चौपायाको स्वास्थ्यमा स्थानीय सरकारले ध्यान दिइरहेको छ । बारा जिल्लाको अमलेखगन्ज भएर पुग्नुपर्ने यस क्षेत्रमा पहिले शहरी स्वास्थ्य केन्द्र स्थापना गरेसंगै अहिले भने पशु चौपायाहरुको स्वास्थ्यमा ध्यान दिदै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ को कार्यालयको आयोजनामा पशु स्वास्थ्य शिविर गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाकै यस क्षेत्रमा पुग्नका लागि अर्को जिल्ला भएर जानुपर्दा विकासका कामले गति लिन सकेको थिएन । अहिले स्वास्थ्य र शिक्षा संगै विकासका काममा पनि जोड दिइएको हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले वताए । पशुस्वास्थ्य शिवीर कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाँईको प्रमुख आतिथ्यतामा भएको हो ।

यस क्षेत्रका किसानले पालन गरेको गाई, भैसीमा नाम्लेको संक्रमण र कुखुरा र बाख्रामा रुघा, ज्वरो, खोकी लाग्ने जस्ता समस्या रहेको थियो । शिबीरमा ९६ परिवार किसानले सेवा लिएको कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका मोक्तानले बताए । चिप्लेटीमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेपछी यहाँका नागरिकलाई सामान्य विरामी हुँदा उपचार गर्नका लागि सहज भएको छ ।

पालिका प्रेस
थप जानकारी