लोक सेवा आयोगले गत मंसिर २९ खोलेको शाखा अधिकृतका विज्ञापनमा तत्कालका लागि दरखास्त संकलन स्थगित गरेको छ । आयोगले गत मंसिर २९ गते सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको थियो । जस्को दरखास्त लिने प्रक्रिया चलिरहेकै बेला हिजो उच्च अदालत पाटनका न्यायधीश रामबहादुर थापाको एकल इजलासले शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।
सोही आदेशका आधारमा लोकसेवा आयोगले शाखा अधिकृतका लागि गरेको विज्ञापनमा लिइरहेको दरखास्त संकलनको कार्य स्थगित गरेको हो । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन बमोजिमको कार्य अन्तरिम आदेशको छलफलको मिति सम्म नगरेर यथास्थितीमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएपछि आयोगले एक सूचना जारी गर्दै दरखास्त संकलन कार्य स्थगित गरेको हो ।


















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्