मकवानपुरको राक्सिराङ गाउँपालिकामा उपभोक्ता समितिबाट सामान खरिद गरेको पाइएको छ । गाउँपालिकाले सामान खरिद गर्दा उपभोक्ता समिति मार्फत सामान खरिद गर्न नमिल्ने कानूनी व्यवस्था रहेको छ । तर, गाउँपालिकाले ७ लाख रुपैयाँ बराबरको बिभीन्न सामान खरिदको काम भने मर्याङ कालिका स्वास्थ्य युवा संस्थासंग संझौता गरेर शारिरिक सुगठन सामाग्री खरिद गरेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।
यसैगरी गाउँपालिकाले मर्ज भएको बिद्यालयलाई १२ लाख ६८ हजार रकम निकासा गरेको महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७७–०७८ को लेखा परिक्षण गरेर हालसालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । राक्सिराङको गिंगु आधारभूत विद्यालयलाई कालिका माध्यमिक बिद्यालयमा मर्ज गरिएको तर, शिक्षकको तलब भने त्यही मर्ज भएको बिद्यालयमा निकासा गरिएको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
यस विषयमा महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन यस्तो छ ।




















































पालिका प्रेस 



