मकवानपुर मनहरी गाउँपालीकाको मूल नारा फेरिएको छ । ९ असारमा बसेको कार्यपालिका वैठकले गाउँपालीकाको नारा फेर्ने निर्णय गरेको हो ।

यस अघि २०७४ सालमा निर्वाचित जनप्रतिनीधीले ‘कृषि, पर्यटन, वन वातावरण र व्यापार ,मनहरी समृद्धिको मुल आधार’ भन्ने नारा राखेका थिए । तर हालै मात्र वैशाख ३० गते नवनिर्वाचित जनप्रतिनीधीले कार्यपालीका मार्फत उक्त नारा फेरेर ‘शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार, समृद्ध मनहरीको आधार’ भन्ने नारा तय गर्ने निर्णय गरेको हो ।

कार्यपालीकाको बहुमतले सो नारा तय गरिएको अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । उनले भने–‘हामीले पर्यटन, वन वातावरण र व्यापारलाई हटाउन खोजेका होइनौँ, तर प्राथमिकताको आधारमा शिक्षा र स्वास्थ्यलाई राखीनुपर्ने भएकाले पहिलेको नारा फेरेका हौँ’ उनले थपे, स्लोगन छोटो–मिठो सुहाउने भएकाले हामीले अन्य कुरा समेटेनौँ, यद्यपी हामी स्वच्छ वातावरण निर्माण, वन संरक्षण लगायत पर्यटकीय हव निर्माणको विषयमा गम्भीर छौँ । तर शिक्षा र स्वास्थ्यलाई सँधैव प्राथमिकतामा राख्नेछौँ ।’

पालिका प्रेस
थप जानकारी