मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बखान सिंह पाख्रिनले आफुले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेका छन् । वडा अध्यक्ष पाख्रिनले प्रयोग गर्दै आएका ना १ ब ३३०६ नंबरको मोटरसाईकलको चाबी ७ वैशाखमा मकवानपुरगढी गाँउपालिका २ नम्बर वडाका सचिवलाई बुझाएका हुन् ।
वैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनको क्रममा लागू भएको आचारसंहितालाई ध्यानमा राखेर आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन कार्यालयलाई बुझाएको वडा अध्यक्ष पाख्रिनले बताए । मकवानपुरगढी २ बाट वर्तमान वडा अध्यक्ष पाख्रिन नेपाली काग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार समेत रहेका छन् । काग्रेस मकवानपुरगढीले आउँदो बैशाख ३० गते हुने निर्वाचनमा वडा अध्यक्षको लागि पाख्रिनलाई सर्वसम्मत गरिसकेको छ ।
यस अघि भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा काग्रेसका उम्मेद्वार पाख्रिनले ७ सय १ मत प्राप्त गर्दा एमालेका उम्मेद्वार माया तामाले ३ सय ९८ मत प्राप्त गरेकी थिईन ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्