बागमती प्रदेश सभा बैठक चैत २४ गते बस्ने भएको छ ।
२२ चैतमा बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले आउँदो मंगलबार प्रदेश सभा बैठक बस्नेगरी अधिवेशन आव्हान गर्ने निर्णय गरिएको हो।
मन्त्रीपरिषद्को बैठक सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङले मंगलबार दिउँसो ४ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिएका हुन्। यसअघि गत साउन २७ गते इन्द्रबहादुर बानियाँले विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक बोलाएपछि हालसम्म बैठक बसेको थिएन ।
झण्डै ८ महिनापछि प्रदेश सभा बैठक बस्न लागेको हो।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्