मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत थाहा नगरपालिकामा नेपाली काँग्रेसले थाहा नगरपालिकामा तरुणदल युवा भेटघाट कार्यक्रम गरेको छ । नेपाली काँग्रेसले मतदान केन्द्रमा दलको तर्फबाट गर्ने विभिन्न भूमिकाको विषयमा प्रशिक्षणसहित भेटघाट कार्यक्रम आयोजना गरेको हो ।
थाहा–४ को फेमिली ब्यान्क्वीटमा भएको कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य जयराम लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममा महासमिति सदस्य भरत लामा, महाधिवेशन प्रतिनीधि रत्न बहादुर गोले, दरुणदल केन्द्रिय सदस्य तथा महासमिति सदस्य राजेश भेटवालको आतिथ्यता रहेको थियो ।

तरुणदल थाहा नगरका अध्यक्ष विक्रम गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नगर कमिटि सभापति प्रमोदकृष्ण जोशी तथा काँग्रेस नेता तथा कार्यकर्ताहरु र तरुणदलका प्रतिनीधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरुलाई रजनी थापाले सहजीकरण गरेकी थिइन् ।



















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्