जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलाई निर्वाचन आचारसंहिता अनुगमन समितिले आचारसंहिता उल्लंघन गरेको भन्दै सचेत गराएको छ ।
घलानले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको परिच्छेद २ को दफा ४(क) र परि च्छेद ३ को दफा ५(४) मा उल्लेखित प्राबधान विपरित सरकारीसाधन प्रयोग गरी राजनीतिक दलको उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेको भन्दै आचारसंहिता विपरितको काम नगर्न सचेत गराएको हो । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा जिल्ला समन्वय समितिको बा २ झ ३१८९ नम्बरको सरकारी सवारीसाधन आचारसंहिता बिपरित प्रयोग भएको देखिएकोले सचेत गराइएको हो ।
आगामी दिनमा आचारसंहिता उल्लंघन हुने कार्य दोहोरिएमा कानूनअनुसार कारवाही हुने पत्रमा उल्लेख छ ।

















































पालिका प्रेस 















प्रतिक्रिया दिनुहोस्