आगामि २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन लक्षित गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उमेदवार लवशेर बिष्टले घरदैलो तथा जनता भेटघाटलाई तिब्रता दिएका छन् ।
थाहा नगरपालिकाको प्रथम नगर प्रमुख बिष्ट ईमान्दार र विकासप्रेमी छवि बनाएका नेता हुन् । आफू थाहा नगरपालिकाको प्रमुख हुँदै गर्दा सुशासन तर्फ देशकै उत्कृष्ट पालिका बनाउदै आफुलाई अब्बल सावित गरिसकेका बिष्टलाई जनतामाझ पुग्दा जनताले उनलाई कुनै दलको मात्रै नभई साझा उमेदवारको संज्ञा दिएका छन् ।
बिष्टले २२ माघमा ईन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाका केही वडामा घरदैलो गरेका छन् । थाहा नगरपालिकाको वडा नम्बर १० का निर्वाचित वडा अध्यक्ष हिरा बहादुर गमालले उमेदवार बिष्ट र बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तान लगाएतका टिमलाई खादा लगाई स्वागत गरेका थिए ।
आफ्नै क्षेत्रका सफल उमेदवार समेत रहिसकेका ब्यक्तिलाई संसद बनाउन दिल खोलेर लाग्ने समेत स्थानिय मतदाताले उमेदवारलाई निस्चिन्त रहन आग्रह समेत गरेका थिए ।

















































पालिका प्रेस 






















प्रतिक्रिया दिनुहोस्