नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बर्तौला यतिबेला गाउँ–गाउँमा मतदाताको भावना बुझ्न व्यस्त छन् । १५ माघमा मनहरी गाउँपालिकाका विभिन्न वस्तीहरू—घट्टेदमार, भुन्द्रुङ, टाँडी, पर्ता र चकरीमा पुग्दा स्थानीयले उनलाई खुलेर साथ दिने बताएका छन् ।
जनतासँगको भेटघाटमा चुनावी नारा मात्र होइन, बर्तौलाको विगतको कामको ‘हिसाब–किताब’ समेत भएको छ । अन्तरक्रियाका क्रममा मनहरी–३ का रामभक्त अधिकारीले अहिलेका मतदाता कसैको बहकाउमा नलाग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “मान्छे अहिले शिक्षित भइसकेका छन्, कसले कति काम गर्यो भन्ने सबैले हेरेका छन्। तपाईंको कार्यकालको समीक्षा भइरहेको छ र राम्रो काम गर्नेलाई जनताको हृदयले अन्याय गर्दैन।“

२६ वर्षीय युवा इन्द्रदेव वाइबाले बर्तौलाको बौद्धिकता र अनुभवको प्रशंसा गर्नुभयो। उहाँका अनुसार विचार, सिद्धान्त र शैक्षिक योग्यताका हिसाबले बर्तौला नै संसदका लागि ‘योग्य प्रतिनिधि’ हुनुहुन्छ । त्यस्तै, मनहरी–१ का विशाल लामाले बर्तौलालाई अरूभन्दा भिन्न नेताको रूपमा चित्रण गरे । उनले भने, “महेश दाइ हेर्दा लायकको मात्र होइन, दुःख पर्दा भेटिने खालको हुनुहुन्छ । संसदमा तपाईंले बफर जोन र भूमिहीनका लागि बोलेको हामीले सुनेका छौं, हामी पीडितको पक्षमा यसैगरी बोलिरहनुहोला ।“
स्थानीयले वन संरक्षणले ल्याएका चुनौती र पर्यटकीय सम्भावनाका बारेमा पनि उम्मेदवार बर्तौलासँग छलफल गरेका छन् । वनका कारण स्थानीयको जीविकोपार्जनमा परेको समस्यालाई समाधान गरी यसलाई पर्यटन र कृषि (गाई–भैंसी पालन) सँग जोडेर विकास गर्नुपर्ने माग मतदाताको छ।
हाडीखोला र मनहरी क्षेत्रका जनताको यो उत्साहले आगामी चुनावमा महेश बर्तौला बलियो उम्मेदवारको रूपमा देखिएका छन् । भेटघामा एमाले नेता राजाराम स्याङ्तान, पार्टीका मकवानपुर जिल्ला कमिटी सदस्य बीरेन्द्र डिसि, मनहरी अध्यक्ष नवीन सुवेदी, निर्वाचन फोकल पर्सन आशिष अस्लामी, विद्यार्थी नेता प्रभाष घिमिरे लगायत खतिएका छन् ।

















































पालिका प्रेस 























प्रतिक्रिया दिनुहोस्