मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ३ मा ११ माघमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता भेला भएको छ । आगामी निर्वाचनको तयारी र पार्टी संगठन सुदृढीकरणका लागि आयोजित भेलाले मकवानपुर क्षेत्र नम्ब। २ का उम्मेदवार लवशेर विष्टलाई भारी मतका साथ विजयी गराउने सामूहिक संकल्प गरेको छ । अहिले २ नम्बर क्षेत्रमा विष्टको पक्षमा चुनावी माहोल देखिएको कार्यकर्ताहरुको प्रतिक्रिया छ ।

भेलामा पार्टीका शीर्ष नेतृत्व र स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमका प्रमुख अतिथि नेकपाकी नेतृ कुमारी मोक्तान रहेकी थिइन् । नेकपा भिमफेदी गाउँ कमिटि संयोजक बद्री स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर वडाध्यक्ष प्रितिलाल लामालगायतकाको आतिथ्यता थियो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि कुमारी मोक्तानले कम्युनिष्ट शक्तिहरूको एकता नै विकास र समृद्धिको आधार भएको बताइन् । उनले स्थानीयस्तरमा पार्टीको पकड बलियो रहेको दाबी गर्दै कार्यकर्ताहरूलाई एकढिक्का भएर चुनावी मैदानमा उत्रिन निर्देशन दिइन् । क्षेत्र नं. २ का उम्मेदवार लवशेर विष्टले भिमफेदीको विकास र स्थानीयका समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे । उनले भने–“हामीले जनताको विश्वास जित्नुपर्नेछ, आगामी चुनावमा तारा चिन्हमा मतदान गरी हामीलाई विजयी गराउनुहुनेछ भन्नेमा म विश्वस्त छु।“

पालिका प्रेस
थप जानकारी